उपत्यकाभित्र बढ्यो संक्रमण, सोमबार काठमाडौंमा कहाँ कहाँ भेटियो कोरोना संक्रमण ?

Kathmandu 22

काठमाडौं । सोमबार देशभर संक्रमितको संख्या घटे पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ ।

पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको हो । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
सोमबार काठमाडौं उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंका संक्रमितहरु कपन, महाराजगञ्ज र चाबहिलको रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । भक्तपुरको चाँगुनारायण र ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धि लगायतका स्थानमा रहेका छन् ।

महाशाखाले प्रयोगशालाका आएको ठेगानाका आधारमा संक्रमितसँग सम्पर्क गरिरहेका बताएको छ ।

काठमाडौँ उपत्यकाको तीनकुने र नख्खु क्षेत्रमा २ सय २८ जनामा पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकामा समुदायमा कोडिभ – १९ को संक्रमण फैलिएको छ वा छैन भन्नका लागि विभिन्न १० ठाउँमा परीक्षण गरिरहेको छ । अरु ठाउँमा पनि स्वाब संकलन भइरहेको र परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...