उपत्यकामा संक्रमण दर दिनप्रतिदिन बढ्दै, आज एकै दिन ३० जनामा संक्रमण पुष्टि

ढलमा भाइरस देखियो भन्दैमा आत्तिनु र डराउनु पर्दैन : मन्त्रालय

Corona updateting

काठमाडौं । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । काठमाडौं उपत्यकामा ढलको पानीमा कोरोना संक्रमण देखिएपछि त्रासमा रहेका उपत्यकावासी थप त्रसित बनेका छन् ।

आइतबार मात्रै काठमाडौं उपत्यकाभित्र थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उपत्याबासी त्रसित बनेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि गरे । उनका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ ।

उनले ढलमा भाइरस देखियो भन्दैमा नआत्तिन र नडराउन अनुरोध गरे । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा डा. गौतमले ढलको पानीमा कोरोना भाइरस देखिए पनि समुदायमा फैलियो भन्‍न नमिल्ने बताए ।

‘विश्वका अन्यत्र भएका अध्ययनले व्यक्ति कोभिड १९ संक्रमित रहेको अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड १९ भाइरस आरएनए फ्रयाक्टमेन्ट अर्थात् भाइरसका टुक्राटाक्री भेटिएको देखिन्छ । जुन सामान्यतया रोग सार्ने खालको हुँदैन’ उनले भने, ‘सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म भाइरस बाँच्ने गर्छ ।’

उनले ढलको पानीमा भाइरसको पहिचान भए पनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको बताए ।

उनले ढलमा अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...