थप २३२ जनामा कोरोना पुष्टि, कुल संक्रमित सख्या १५ हजार ४९१ पुग्यो

1586848470coronavirus news scientists is

काठमाडौँ ।  आज (शनिबार) थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको सख्या १५ हजार ४९१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २७२ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन्। तीमध्ये ६ हजार ४१५ जना निको भएका र ३४ जनाको मृत्यु भएको   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । अहिले सबै ७७ वटा जिल्लामा कोभिड १९ पुगिसकेको छ।  

अहिलेसम्म कुल दुई लाख ४६ हजार दुई सय ९७ जनाको पीसीआर परीक्षण गरिएको  डा.गौतमले जानकारी दिए। विभिन्न जिल्लामा ३३,१२५ व्यक्ति क्वारन्टाइनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
 
 
 
 
 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...