नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

Death skech

काठमाडौँ । नेपालमा कोरोना भाइरसका कारण थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको धौलागिरी नगरपालिका ४ स्थायी ठेगाना भएका ४९ दिनका एक शिशु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

ती शिशुको असार १७ गते साँझ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । असार ९ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शिशुलाई लामो समयदेखि आइसोलेसनमा राखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यससँगै देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...