नेपालमा बिहीबार ४७३ जनामा थप संक्रमण, काठमाडौंमा मात्रै १८ जना

Corona test

काठमाडौं । बिहीबार नेपालमा थप ४ सय ७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार काठमाडौंमा मात्रै १७ महिला र १ पुरुष गरी १८ जना कोरोना संक्रमित थपिएका छन् ।

आजसम्म कोरोनाबाट ३० जनाको मृत्यु भईसकेको छ भने डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २ लाख ३७ हजार ७६४ र आरडीटी ३ लाख ६२० जनाको नमूना परीक्षण भएको छ । आज रेड जोनमा कोही परेका छैनन् ।

 

प्रतिकृया दिनुहोस