कोरोना संक्रमणबाट ४५ दिने शिशुको मृत्यु, नेपालमा मृतकको संख्या ३१ पुग्यो

Teaching hospital

काठमाडौँ । कोरोना संक्रमणबाट ४५ दिने शिशुको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ जना पुगेको छ ।

त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारको लागि भर्ना भएको उनमा शल्यक्रिया अघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा रहेको डेढ महिने कोरोना संक्रमित शिशुको मृत्यु भएको छ ।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।

उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले पुष्टि गरे । उनको बुबा, आमा र फुपुको कोरोना संक्रमण परिक्षण गर्न नमुना संकलन गरी  पठाइएको छ । 

प्रतिकृया दिनुहोस