बिहीबार बिहानै भेटियो गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

Corona 6

पोखरा । बिहीबार बिहानै फेरि गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । सँगै प्रदेशभर संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरीएको परीक्षणमा बागलुङका १ जना, स्याङ्जाका २ जना, तनहुँका ३ जना र पर्वतका २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आज पुष्टि भएका सबै संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैलाई सम्बन्धित जिल्लाका आइसोलसनमा लगिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...