प्रयोगमा आयो कोरोनाविरुद्धको भ्याक्सिन, डब्लुएचओले मान्यता दिन बाँकी

Coronavirus vaccine 14

काठमाडौं । गत डिसेम्बरको अन्त्यतिरबाट फैलिएको कोरोना भाइरसबाट आक्रान्त भएको विश्वलाई राहत दिनेगरी चिनियाँ जनमुक्ति सेनाले चीनमै उत्पादन भएको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोग गर्न थालेको छ ।

सोमबार चिनियाँ बायोटेक कम्पनीले उत्पादन गरेको खोपलाई चिनियाँ केन्द्रीय सैन्य आयोगले अनुमति दिएसँगै कोरोनाविरुद्धको खोपको पहिलो प्रयोग सुरु भएको छ ।

योसँगै कोरोनाको औषधिबिना छटपटिएका विश्वका नागरिकलाई राहत त पुग्ने नै, मृत्युको मुखमै पुगेकालाई पनि प्राण दिने विश्वास गरिएको छ ।

पहिलो र दोस्रो चरणको मानव परीक्षणका क्रममा भ्याक्सिनले प्रभावकारी काम गरेपछि कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा आएको हो । यद्यपी यसलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । चिनियाँ कम्पनीले उत्पादन गरेका दुईवटा कोरोनाविरुद्धका भ्याक्सिन अहिले तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन् ।

अहिले प्रयोग गरिएको खोपले मानिसमा कोरोनाविरुद्धको एन्टिबडी राम्रोसँग बिकास गरेको पाइएको छ । यसको कुनै पनि नरात्मक असर नदेखिएको कम्पनीले जनाएको छ । विश्व स्वास्थ्य संगठनले अहिले क्लिनिकल परीक्षणका क्रममा रहेका १७ मध्ये ८ वटा भ्याक्सिन चिनियाँ कम्पनीले उत्पादन गरेका रहेका जनाएको छ ।

यो खोप चिनियाँ जनमुक्ति सेनाको सैन्य चिकित्सा विज्ञान प्रतिष्ठानको संयोजनमा बेइजिङ इस्टिच्युट अफ बायोटेक्नोलोजीले उत्पादन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सेनाले कतिमात्रामा यो खोपको प्रयोग गर्छ भन्ने केही खुलाएको छैन । व्यवसायिक प्रयोगका लागि भने अनुमोदन गरिएको छैन ।

यसअघि दोस्रो क्लिनिकल परीक्षणका क्रममा यो भ्याक्सिन झण्डै १ हजार २ सय जनामा लगाइएको थियो । उनीहरुमा नतिजा राम्रो भएको थियो । यो भ्याक्सिन तेस्रो चरणको क्लिनिकल प्रयोगमा रहेकै समयमा चिनियाँ सेनाले प्रयोगको अनुमति पाएको थियो ।

मेडिकल जर्नल द लसेन्टका अनुसार कोरोना भाइरसको विरुद्धमा प्रयोग गर्न दर्जनौँ परीक्षणहरु भए पनि अहिलेसम्म व्यवसायिक प्रयोगमा कुनै पनि खोप आएका छैनन् । एजेन्सी ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...