नेपालमा संक्रमित बढेको बढ्यै, संक्रमितको संख्या १४ हजार नाघ्यो

Corona test

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेको बढ्यै छ । नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या १४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा ५ सय २२ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

बुधबार थपिएका संक्रमितहरु मध्ये १ सय १७ जना महिला र ३ सय ६५ जना पुरुष छन् । संक्रमितमध्ये ४ हजार ६ सय ५६ जना उपचारपछि घर फर्किएका भने ३० जनाको ज्यान गएको छ ।

उपत्यकामा थप १७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

नयाँ संक्रमितमा काठमाडौंका ५ महिला र ५ पुरुष, भक्तपुरका ‍१ पुरुष र १ महिला र ललितपुरका ३ महिला २ पुरुष मा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।मंगलबार मात्र काठमाडौं उपत्यकामा १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार प्रदेश  १ मा ६ सय २३, प्रदेश २ मा तीन हजार ८ सय ५६, बागमती प्रदेशमा ४ सय ५८, गण्डकी प्रदेशमा १ हजार ५८, प्रदेश ५ तीन हजार आठ सय ४३, कर्णाली प्रदेशमा एक हजार पाँच सय ८ र सुदूरपश्चिम प्रदेशमा दुई हजार सात सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...