क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष भट्टराईको होटलमा क्वारेन्टाइन

Kwarentine 1

काठमाडौँ । सौराहाका व्यवसायीले होटललाई  क्वारेन्टाइनका रुपमा सञ्चालनमा ल्याएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको होटलमा अहिले विदेशबाट आएका पूर्वी चितवनको जयमङ्गलाका दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

काठमाडौँ, पोखरापछि तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको यस क्षेत्रमा कोरोना सङ्क्रमणअघि पर्यटकले भरिभराउ हुने गरेको थियो । तर कोरोनाका कारण सङ्कटको वर्तमान अवस्थामा सरकारलाई सहयोग गर्दै यहाँका होटलहरु क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याइएको हो ।

क्षेत्रीय होटल सङ्घले यसअघि सौराहाका होटलहरु क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेको थियो । सोही घोषणाको प्रतिबद्धता पूरा गर्न र सरकारलाई सहयोग गर्न क्वारेन्टाइनका लागि होटल प्रयोगमा ल्याइएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

उनले आफ्नै होटलमा भारतको दिल्लीबाट आएका दुई जनालाई राखेर क्वारेन्टिनको सुरुआत गरेको बताए । भट्टराईका अनुसार निजी गाडीमा उनीहरु दिल्लीबाट आएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनमा शुल्क तिरेर बस्न चाहनेहरुका लागि होटलको व्यवस्था मिलाइएको हो ।

सौराहाका २६ वटा होटललाई क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याइनेछ । सङ्घले सरकारलाई यहाँका होटलहरुको विवरण पठाएको थियो । सरकारले तोकेको शुल्कअनुसार व्यवसायीहरुले शुल्क लिन पाउनेछन् । सङ्घका अध्यक्ष भट्टराईका अनुसार सौराहामा रहेका होटलहरुको स्तरअनुसार   दुई हजारदेखि पाँच हजारसम्म दैनिक खर्च लाग्नेछ ।

सो रकम बराबरमा चियाकफी, नास्ता, बिहान–बेलुका खानाको व्यवस्था हुने उनले बताए । दिनमा एक छाक मासुसहित खाना र एक छाक सादा खाना हुनेछ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटकहरु सौराहा आउने गर्दछन् । लकडाउनसँगै सौराहाका सबै होटल व्यवसाय ठप्प छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...