त्रिविमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि

Teaching hospital

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए ।

स्वासप्रश्वासमा समस्या भएपछि शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो । संक्रमितको सम्पर्कमा आएको कन्ट्रयाक ट्रेसिङ सुरु भएको अस्पतालले जनाएको छ । स्वास्थ्य सुरक्षाका सबै उपायको अवलम्वन गरिएकाले खासै ठूलो समस्या नआउने डा. दासले बताए ।

सोमबार मात्र ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि मेडसिटी अस्पतालमा शल्यक्रिय गर्नुअघि स्वाब संकलन गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...