चितवन मेडिकल कलेजमा नेपालकै सुविधा सम्पन्न कोरोना उपचार केन्द्र स्थापना

Chitwon medical collage 745606309

काठमाडौँ । चितवन मेडिकल कलेजले ३० शैया कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरेको छ । कोरोना सङ्क्रमण भएकाहरुको उपचारका लागि अस्पतालले सघन उपचार कक्ष स्थापना गरेको हो ।

सो कक्षको आज रोटरी इन्टरनेशनल वर्ष २०२१/२२ का प्रेसिडेन्ट शेखर मेहता, डिष्ट्रिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उद्घाटन गरेका हुन् ।

मेहताले सामाजिक सञ्जालमार्फत सम्बोधन गरेर र श्रेष्ठ एवं भट्टराई प्रत्यक्ष उपस्थित भएर उद्घाटन गरेका हुन् । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले ३० शैया भेन्टिलेटरसहितको सुविधासम्पन्न सघन उपचार कक्ष हुने बताए।

भेन्टिलेटरमा रोटरी फाउन्डेशनले सहयोग गरेको हो । डा.न्यौपानेका अनुसार यो सघन उपचार कक्ष कोभिड–१९ उपचारका लागि नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न हुनेछ । हाल चारवटा भेन्टिलेटर भए पनि १५ दिनभित्र ३० वटै भेन्टिलेटर आइपुग्नेछ ।

स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ उपचारका लागि अनुमति माग गरिएको भन्दै उनले पिसिआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको बताए । मन्त्रालयले अनुमति दिएसँगै सघन उपचार कक्ष र प्रयोगशाला सञ्चालनमा आउने उनको भनाइ छ ।

अस्पतालले  पाँच करोड खर्च गरेर प्रयोगशाला तयारी गरेको होे भने कोभिड–१९ सघन उपचार कक्षका लागि २५ करोड हाराहारी खर्च भएको उनले जानकारी दिए ।

सोही मेडिकल कलेजका प्राविधिकहरुले अहिले पनि भरतपुर कोभिड–१९ प्रयोगशालामा काम गरिरहेका छन् । यस मेडिकल कलेजले भरतपुर कोरोना अस्पताल, माडी र भरतपुर महानगरपालिका–५ मा शैया उपलब्ध गराएर सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार महिनाको अन्तिम शनिबार, श्री शनि भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल यस्तो छ

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फ...