७७ जिल्लामा पुग्यो संक्रमण : ५५४ संक्रमित थपिँदा १२ हजार नाघ्यो संक्रमितको संख्या

रसुवामा पहिलो पटक ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Corona test19

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार नाघेको छ । शनिबार ५ सय ५४ जना संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

नेपालका ७७ जिल्लामा कोरोना भाइरस संक्रमण भएको छ । बाँकी रहेको रसुवामा पहिलो पटक ९ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् कोरोना भाइरस (कोभिड –१९) को नियमित अपडेट गराउँदै आएको छ। लकडाउन सुरु भएको २०७६ चैत ११ गतेदेखि सुरु भएको पत्रकार सम्मेलनलाई मन्त्रालयले निरन्तरता दिएको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आएका छन् । सोही क्रममा शनिबार पछिल्लो २४ घण्टाको विवरणमा ५ सय ५४ जना संक्रमित थपिएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...