प्युठानका सबै स्थानीय तहमा पुग्यो कोरोना संक्रमण, २५८ जनामा संक्रमण पुष्टि

Coro1588135147764

प्युठान । शनिबार बिहान प्युठानको झिमरुक गाउँपालिकामा समेत कोरोना संक्रमित भेटिएसँगै जिल्लाका ९ स्थानीय तहमा कोरोना संक्रमण प्भावित बनेको छ ।

माण्डवी गाउँपालिकाका ३७ जना, झिमरुक गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ३ गरी ४७ जनामा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरु १७ वर्षदेखि ६० बर्ष उमेर समूहका छन् ।

हालसम्म प्यूठान नगरपालिकामा ७६, माण्डबि गाउँपालिकामा ६९, स्वर्गद्धारी नगरपालिकामा २६, नौबहिनी गाउँपालिकामा २६, ऐरावती गाउँपालिकामा ३३, सरुमारानी गाउँपालिकामा ९, मल्लरानी गाउँपालिकामा ९, झिमरुक गाउँपालिकामा ७ र गौमुखी गाउँपालिकामा ३ जनागरी प्युठानमा २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ जना निको भइ घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...