शनिबार बिहानै स्याङ्जामा १२ महिने शिशुसहित गण्डकी प्रदेशमा २२ जनामा कोरोना

Corona 3

पोखरा । शनिबार बिहानै गण्डकी प्रदेशमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितिको संख्या ८३८ पुगेको छ ।

शनिबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद बिन्दु शर्माका अनुसार बागलुङका ८ जना, स्याङ्जाका २२ जना र नवलपरासी सुस्तापूर्वका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै स्याङ्जामा थपिएका छन् । अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिलासहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका एक, एक जनामा सङ्क्रमण देखिएको हो । बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

वालिङ र नवलपरासी सुस्ता पूर्वका सङ्क्रमित आईसोलेसनमा नै छने भने अरु सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको छ । 

प्रतिकृया दिनुहोस