उपत्यकामा ९ जना सहित २४ घण्टामा थपिए ४ सय ३४ संक्रमित, कुल संक्रमित संख्या ११ हजार नाघ्यो

1586848470coronavirus news scientists is

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिकको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ र भक्तपुरमा चार–चार र ललितपुरमा एक जना कोरोना संक्रमित थपिएका हुन्।

ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुई महिला र दुई पुरुष तथा ललितपुरका एक पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार महाराजगंजस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका तीन पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ।

 

प्रतिकृया दिनुहोस