पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु, देशभर मृत्यु हुनेको सख्या २६ पुग्यो

Corona death1

काठमाडौँ । पाटन अस्पतालमा उपचाररत् कोरोना संक्रमित अर्का एक व्यक्तिको बिहीबार मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या २६ पुगेको छ।

चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले बताएको छ।

ललितपुरमा मृत्यु हुने यी दोस्रो कोरोना संक्रमित व्यक्ति हुन्। यसअघि ललिलपुरकै बुंगमतीका ५७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो। पाँच महिनादेखि मृगौला रोगको उपचार गराइरहेका उनमा असार ५ गते संक्रमण पुुष्टि भएपछि पाटन अस्पताल ल्याइएको थियो।

उनको मृत्यु भएपछि शव व्यवस्थापन गर्न नेपाली सेनाको टोली पाटन अस्पताल पुगिसकेको छ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...