बिहीबार बिहानै पाल्पामा भेटियो १२१ जनामा संक्रमण, संक्रमित हुनेको संख्या ३६६ पुग्यो

Coro1588135147764

पाल्पा । पाल्पामा बिहीबार एकैदिन १ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको छ ।

भैरहवामा गरिएको परीक्षणमा पहिलो पटक तानसेन नगरपालिकाका ३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । तानसेन बतासेडाँडाको क्वरेण्टीनमा रहेका दुई जना ३२ वर्षका र एक जना ४१ वर्षका पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो । पाल्पाका १० वटै पालिकामा कोरोना सङ्क्रमित भेटिएका छन् ।

पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार निस्दीको ९३ जना भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका साथै अरु सबै प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट पाल्पाको पूर्वखोला गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ७ जना उपचारपछि निको भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...