सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या १ हजार ३५१ पुुग्यो

1589252562

काठमाडौँ । सुदूरपश्चिममा कोरोना  संक्रमितको संख्या १ हजार ३५१ पुगेको छ । बुधबार थप २७२ जना  संक्रमित थपिएसँगै १ हजार ३५१ पुगेको हो । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणबाट थप २०२ , वीर अस्पतालको प्रयोशालाबाट  १३ र सेती प्रादेशिक अस्पताल कोभिड १९ को प्रयोगशालाबाट  ५७ गरी २७२ मा संक्रमण  पुष्टि भएको हो ।

यसअघि नै १७६ जना संक्रमित निको भई घर गइसकेका छन् भने ५ जना संक्रमितको मृत्यु भइसकेको छ । पुस्टि भएकामध्ये कैलालीका ८६ पुरुष, १९ महिला ,कंचनपुर ६९ पुरुष, १६ महिला, अछाम २२ पुरुष , १ महिला, बाजुरा ७ पुरुष, बैतडी ३ पुरुष , १ महिला र डोटी ३८ पुरुष, १० महिला रहेको  स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा जानकारी दिएको हो ।

प्रदेशमा हालसम्म ११७९६ जनाको पिसिआर बिधिवाट जाँच गरिएकामध्ये १०२६४ को नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्रीले रातोपाटीलाई जानकारी दिए ।  ७४२१ को रिपोट आउन बाँकी छ र पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भई रहेको उनले बताए ।

संक्रमितहरु अछाम  ९२, बैतडी १७६ , बझाङ्ग ४०, बाजुरा ९९, डडेल्धुरा २०६, दार्चुला १३, डोटी १९०, कैलाली ५१४, कंचनपुर २०२ गरी १५३२  रहेका छन् जसमध्ये १७६ जना निको भई घर गएका र ५ को मृत्यु पश्चात अब संक्रमित कृयाशिल संख्या १३५१ रहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले बताए ।
आरडिटी बिधिवाट १०२५०८ जनामा परिक्षण गरेको छ ।

प्रदेशका विभिन्न क्षेत्रमा रहेको क्वारेन्टाईनमा ८६२४५ छन् जसमा २०२६७ पुरुष र ५२५९  महिला  रहेको उनले वताए । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद २४ र संक्रमित १३४ गरी १५८ जनाको उपचार भईरहेको उनले बताए ।

५१४ जना भने सामान्य उपचारपछि घर फर्किसकेका उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा १२ ,टिकापुर ३९, महाकाली,१३, अछाम १०, बझाङ्ग १ ,डोटी ३ ,बाजुरा १, डडेल्धुरा ३४, दार्चुला १  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस