कोरोना संक्रमणबाट थप १ को मृत्यृ, मृतकको संख्या २५ पुग्यो

Corona death 10

पोखरा । कोरोना भाइरसको संक्रमणबाट स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । यसअघि पनि स्याङ्जाकै एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारी अनुसार मृतक स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुष हुन् । उनको असार ८ गते देखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत थियो ।

निर्देशक अर्जुन आचार्यका अनुसार भेन्टिलेटरमा राखेर उपचार गराइराखेका ती व्यक्तिको राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सख्या प्रदेशमा २ पुगेको छ । स्याङ्जा वालिङका ५८ वर्षीय पुरुषको यसअघि पोखरामा निधन भैसकेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...