एकै दिन थपिए ६२९ जना संक्रमित, नेपालमा पुग्यो १०७२८ जना संक्रमित

Corona 3

काठमाडौं । नेपालमा बुधबार अहिलेसम्म कै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

नेपालमा बुधबार थप भएका ६ सय २९ जना संक्रमितमध्ये १ सय १० जना महिला र ५ सय १९ जना पुरुष रहेका छन् ।

बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १० जना पुरुष, बैतडीका एक महिला र ३ जना पुरुष, बाजुराका ७ जना पुरुष, डोटीका १० जना महिला र ३८ जना पुरुष, कैलालीका ९ जना महिला र ४९ जना पुरुष, कंचनपुरका १६ महिला र ६९ जना पुरुष, पर्वतका एक महिला र एकजनापुरुष, रौतहटका ९ जना महिला र ३५ पुरुष र सर्लाहीका ५ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धादिङका २ जना पुरुष र काठमाडौंका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला, वीर अस्पताल काठमाडौंको प्रयोगशालामा अछामका एक महिला र १२ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १० जना पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका एकजना पुरुष, प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका एक जना पुरुष र मोरङका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक महिला र ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३ महिला र १७ जना पुरुष, महोत्तरीका २ महिला र १० जना पुरुष र सर्लाहीका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका एकजना पुरुष, तनहुँका एकजना पुरुष र नवलपरासी पुर्वका ३ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका २ जना पुरुष र पाल्पाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका २ जना पुरुष र कास्कीका ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका ९ जना पुरुष, गोरखाका एक जना पुरुष, कास्कीका ३ महिला र २ जना पुरुष, लमजुङका एक महिला र ४ जना पुरुष, पर्वतका एकमहिला र स्याङ्जाका २ महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५ जना पुरुष, कपिलवस्तुका एकजना पुरुष, पाल्पाका एकजना पुरुष र रुपन्देहीका एकजना महिला संक्रमित भएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ९ जना पुरुष र वर्दियाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ६ जना महिला र ७० जना पुरुष, प्युठानका १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ । सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका एकजना पुरुष सुर्खेतका ३ महिला र ११ जना पुरुष, दैलेखका ४ जना पुरुष र कालीकोटका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका २९ महिला र ७४ जना पुरुष, बाजुराका एकजना पुरुष र कञ्चनपुरमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ ।

आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस