गोरखापत्रका महाप्रबन्धकसहित ४ जना विरुद्ध २६ लाख भ्रष्ट्राचारको मुद्दा

Gorkhapatra

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्व अर्थ निर्देशक राम सुन्दर चौधरी र आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भन्सालीविरूद्ध शुक्रबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी २६ लाख १६ हजार १० रुपैयाँ रकम हिनामिना गरेको आरोपमा शुक्रबार अख्तियारले महाप्रबन्धक उपाध्यायसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियारले महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक कोइराला, पूर्व अर्थ निर्देशक चौधरीसँग भ्रष्टाचार गरेको रकम जफत गरी जरिवाना तिराउन पनि माग गरेको छ।

यस्तै, अख्तियारले तीन जनालाई ४ देखि ६ वर्ष सम्म र सञ्चालक भन्सालीलाई दुई वर्षसम्म कैदको माग गरेको छ।

साथै, भ्रष्टाचार गरेको रकम जफत गर्न र त्यति नै जरिवाना तिराउन अख्तियारले माग गरेको छ।

प्रतिकृया दिनुहोस