नेपाली वेलफेयर सोसाइटी युके राहत वितरणमा सक्रिय, पुतली बजारमा दियो राहत

Wlfeayar help

काठमाडौं । पछिल्ला केही दिन वेलायतमा रहेको नेपाली वेलफेयर सोसाइटी युकेले कोरोना संक्रमणका कारण समस्यामा परेका विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत वितरणमा सक्रिय बनेको छ । मंगलबार मात्रै स्याङ्जाको पुतलीबजारमा रहेका ४० घर विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

यसअघि सोसाइटीले उदयपुरको भुल्के र चितवनको भरतपुर महानगरपालिकाको घैलाघारीमा पनि विपन्न परिवारलाई राहत वितरण गरेको थियो ।
वेलायतमा रहेको सो संस्थाले स्याङजाको पुतलीबजार नगरपालिका वडा नं. ६ मा रहेका विपन्न परिवारलाई प्रति घर २५ केजी चामल, ३ केजी दाल, १ लिटर तेल नुन लगायतका खाद्य सामाग्री वितरण गरेको हो ।

उनीहरुलाई वडा नं. ७ का वडाध्यक्ष विश्वेश्वरप्रसाद रेग्मी, वडा सचिव सन्तोष राना, समाजसेवी रञ्जु सुन्दास लगायतको उपस्थिती थियो । सो राहत वितरण कार्यक्रममा नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर धनबहादुर सार्की, एनआरएन युकेका अध्यक्षपुनम गुरुङ, सचिव जित रानाभाट लगायतले भच्र्युअल सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस