प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

1589195970samsad meeting

काठमाडौँ । सरकारको आर्थिक वर्ष २०७७–७८को लागि प्रस्त्त नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । गत २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट सांसद मीनेन्द्र रिजाल, जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल, राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादीकी सांसद सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए ।

संशोधन फिर्ता लिनका लागि संशोधनकर्ता सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिए पनि माग गरिएका विषय नीति तथा कार्यक्रममा सम्बोधन नभएको भन्दै उनीहरूले संशोधन प्रस्ताव फिर्ता नलिएपछि बहुमतले अश्वीकृत भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूलाई संशोधन प्रस्ताव फिर्ता लिएर नीति तथा कार्यक्रमलाई सर्वसम्मत बनाउनका लागि समर्थन जनाउन आग्रह गरेका थिए  ।

प्रतिकृया दिनुहोस