लिम्पियाधुरा, कालापानी, लिपुलेकको विषय सेलाउन दिइने छैनः प्रधानमन्त्री ओली

1589871448kp oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताएका छन् ।  संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि समेटेर मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरिसकेको र केही दिनमा जारी हुने बताए ।

अब लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैन, भूमि फिर्ता लिने अठोटका साथ यो अगाडि बढाइनेछ,’ प्रधानमन्त्री ओलीले भने । नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा वि.सं. २०१८ सालसम्म जनगणना भएको र त्यहाँ बस्नेले नेपाल सरकारलाई तिरो तिर्ने काम भइरहे पनि त्यसपछि त्यहाँ जान रोकिएको बताए ।

प्रतिकृया दिनुहोस