नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

Kp oli nepali pm 20180828095734

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज संसदमा जवा दिने भएका छन् ।

सरकारले संघीय संसदमा प्रधानमन्त्रीले पहिले राष्ट्रियसभा र पछि प्रतिनिधिसभामा जवाफ दिनेछन् । मंगलबार ११ बजेका लागि राष्ट्रियसभा र १२ बजेका प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सांसदहरुले जेठ ४ र ५ गते त्यसमाथि छलफल गरेका थिए । प्रतिनिधिसभाका संशोधनकर्ता सहित १ सय १४ जना र राष्ट्रियसभामा ४४ जनाले छलफलमा भाग लिएका थिए ।

कोरोनाको त्रासका कारण नीति तथा कार्यक्रममाथिको छलफल छोट्याइएको थियो । सोही अनुसार नीति तथा कार्यक्रममाथिको छलफल दुई दिनमात्रै चलेको थियो । मंगलबार नै नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी संसद सचिवलायले गरेको छ ।

प्रतिकृया दिनुहोस