मैले डा. सुरेन्द्र यादवलाई अपहरण गरेको प्रमाणित भए झुन्डिएर मर्न तयार छुः सांसद किसान श्रेष्ठ

Krishna kumar shrestha 696x381

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी सांसद कृष्ण कुमार श्रेष्ठ (किशन) ले जनता समाजवादी दलका सांसद डा.सुरेन्द्र यादवको अपहरण पुष्टि भएमा आफू झुण्डिएर मर्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्नु हुँदै सांसद श्रेष्ठ उक्त कुरा बताएका हुन् ।

सांसद अपहरण कुराले सांसद महेश बस्नेत र आफ्नो चरित्र हत्या गरेको पनि उनले बताए । ‘केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आएर म लगायत माननीय महेश बस्नेतसमेतको चरित्र हत्या गर्ने जुन काम भयो,’ उनले भने, ‘सम्पूर्ण माननीयज्यूहरुलाई साक्षी राखेर म भन्न चाहन्छु, अपहरणको आरोप लगाउनेहरुलाई चुनैती दिन चाहन्छु, यदि अपहरण प्रमाणित भयो भने सबै माननीयज्यूहरुको अगाडि म झुण्डिएर मर्न तयार छु ।’

उनले डा. बाबुराम भट्टराइप्रति इंगित गर्दै आफूमाथि लगाएको आरोप पुष्टि नभएमा झुण्डिन तयार छन् ? भन्दै प्रश्न पनि गरे । उनले भने, ‘के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?’

इतिहासमै राष्ट्रपतिबाट सरकारका नीति तथा कार्यक्रममा पहिलोपटक राष्ट्रिय स्वधीनताको विषयमा गौरवको कुरा समेटिएको पनि उनले बताए । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको स्पष्ट पार्दै छुटेको भूमिसहित नेपालको नक्सा जारी गर्ने कुरा उल्लेख हुनुले आम नेपालीलाई खुशी बनाएको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस