भारतीय सेना प्रमुखको अभिव्यक्ति गैरजिम्मेवार : डा. लोहनी

Dr.prakash chandra lohan

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नराभनेले नेपालले कसैको इशारामा कामा गर्दैछ भनी दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।

भारतीय सेना प्रमुखले केही दिनअघि नेपाल भारतबीच सीमा समस्याका बारेमा विवाद नरहेको र अहिले भारतले नेपाली भूमिमा निर्माण नगरेको बताएका थिए । उनले अहिले नेपालले भारतले भूमि मिच्यो भन्ने कुरा कसैको इशारामा गरेको बताएका थिए ।

भारतीय सेना प्रमुख जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिबाट गैरजिम्मेवार ढंगले अभिव्यक्ति आउनु उपयुक्त नभएको डा. लोहनीको निष्कर्ष छ । सोमबार ट्वीट गर्दै लोहनीले नेपाल कुनै बाह्य शक्तिको इशारामा काम गर्दैछ भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताएका हुन् ।

‘भारतका जनरल नराभनेले लिपुलेक सीमा समस्याबारे नेपाल कुनै वाह्य शक्तिको इशारामा काम गर्दैछ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिनु आपत्तिजनक छ । नराभने जस्तो उच्च पदमा पुगेको व्यक्तिबाट नेपाल आफ्नो राष्ट्रिय स्वार्थ रक्षा गर्न सक्षम छैन भन्ने भावनाको अभिव्यक्ति आउनुले दुई देश बीचको सदभाव र मित्रता वढाउन मद्दत गर्दैन । यहाँ हामीले वुझ्नुपर्ने कुरा के छ भने भारत र नेपाल दुबैलाई एक अर्काको सद्भाव र सहयोग चाहिन्छ । त्यसैले दुई देशबीच समस्या आउँदा ठन्डा दिमागले विचार गरौं ।’

प्रतिकृया दिनुहोस