रौतहट र बारामा थप ९ जनामा कोरोना पुष्टी, संक्रमितको कुल संख्या ३०४ पुग्यो

1586848470coronavirus news scientists is

काठमाडौं । आज बिहान रौतहट र बारामा गरी एकै दिन थप ९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ जना पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ का का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी माधवनारायण नगरपालिका वडा नं. ३ का २८ वर्षीय महिलामा कोराना पुष्टि भएको छ । बाराको करैयामाई ५ का २८ वर्षीय पुरुषमा पनि कोरोना संज्ञमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस