धनकुटामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र अनिश्चत कालका लागि सिल

Dhankuta hospital

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको छ ।

स्वास्थ्यकमीृलाई नै कारोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका वडा नं. ७ को चार किल्ला तोकेर सिल गरेको हो । जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार साँझ सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित कार्यरत अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको थियो ।

सो निर्णयसँगै धनकुटा –७ को त्रिवेणी गेटबाट, नयाँ बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोसम्मको क्षेत्रलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले बताए । उनले सो क्षेत्रमा अनिश्चित कालका लागि सिल गरिएको र थप संक्रमितहरुको पहिचानका लागि पहल थालिएको बताए ।

शनिबार ४ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीको स्वाव नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको थियो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालभित्र थप सतर्कता अपनाइएको धनकुटा अस्पतालका डा. पुजन विश्वकर्माले बताए ।

प्रतिकृया दिनुहोस