आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनलाई निरन्तरता दिने, मोडालिटीमा परिवर्तन गर्ने तयारी

Cabinet miting

काठमाडौं । आज मन्त्रिपरिषद् र कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

मन्त्रिपरिषदको बैठटक बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ भने समितिको बैठक दिउँसो सिंहदरबारमा बस्दैछ । सो बैठकले लकडाउनलाई कसरी थप्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बनाइएको समितिले लकडाउनको समयावधी थप गर्ने छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले लकडाउनका विषयमा निर्णय गर्नेछ ।

सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ । चैत ११ गतेदेखि लागू भएको लकडाउनको समय पटक पटक थपेर सोमबार सकिँदैछ । यसअघि वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले केही खुकुलो प्रावधानसहित ११ दिनका लागि लकडाउन थपेको थियो ।

शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि र संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिने तयारी छ । केही दिनयता लकडाउनलाई कडाई पनि गरिँदै आएको छ । छिमेकी मुलुक भारतले पनि थप १५ दिन लकडाउन जारी राख्ने संकेत गरिसकेको छ ।

उच्चस्तरीय समितिले लकडाउन थप्ने, मोडालिटीमा परिवर्तन गर्ने र ठाउँ विशेष अनुसार फरक शैली अपनाउने विषयमा छलफल गरिरहेको छ ।
लकडाउन सुरू भएको ५५ औं दिनमा अरू २८९ जना संक्रमित थपिएर २९१ जना पुगेका छन् ।

 

प्रतिकृया दिनुहोस