अपरान्हपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने

Weather nepal

काठमाडौं । अहिले देशभर स्थानीय वायुको प्रभाव रहेको छ । देशको पूर्वी भु–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आज राती देशको पूर्वी पहाडी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भू–भागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस