सावित्री तिमिल्सिनाको पशुपति आर्यघाटमा अन्त्येष्टी हुँदै

Sabitri timilsina

काठमाडौं । कोरोना भाइरसबाट काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षी सावित्री तिमिल्सिनाको शव पशुपति आर्यघाट ल्याइएको छ ।
नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टिका लागि पशुपति ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल पुगेर उनको शब पशुपति ल्याएको थियो ।

बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया तिमिल्सिनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो । शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै छ ।

मृत्युपछि अस्पतालमा दुई पटक पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो ।

प्रतिकृया दिनुहोस