कोरोनाबाट मृत्यु भएकी संक्रमितको दाहसंस्कार पशुपति आर्यघाटको विद्युतीय शवदाहमा गरिने

Corona death

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सावित्री तिमिल्सिनाको पशुपतिस्थित विद्युतीय शवदाहमा दाहसंस्कार गरिने भएको छ ।

नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन् । उनको बिहीबार राति मृत्यु भएको हो । शवलाई काठमाडौं ल्याएर दाहसंस्कार गर्न भक्तपुर अस्पतालको एम्बुलेन्स सहितको टोली पुगेको छ ।

शव बोक्नका लागि एम्बुलेन्स सहितको टोली शनिबार साँझ ७ः ३० बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल गएको छ । शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाइएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल गएको हो ।

२९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । अस्पतालमा सुत्केरी भएर घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रतिकृया दिनुहोस