सुत्केरीको मृत्युपछि बढ्यो त्रास, मृतकका परिवारकै श्वाब संकलन

Dhulikhel hospital police

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –९ की २९ वर्षीया सुत्केरीको कोरोनाले मृत्यु भएपछि देशभर त्रास फैलिएको छ ।

धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । सुत्केरी महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा झन धेरै त्रास फैलिएको छ ।

अस्पतालमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ । कोरोना संक्रमणको आशंका गरिएकाले उनको मृत्युपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको थियो ।

उनको मृत्यु भएपछि । शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् ।

घरमा पुगेपछि ज्वरो, स्वास प्रश्वासलगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो । आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो ।

धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी ९ दिनकी सुत्केरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टि गर्ने तयारी भइरहेको छ । डा। गुणराज लोहनीको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली र शववहान धुलिखेल अस्पताल परिसरमा छ ।

प्रतिकृया दिनुहोस