सेनामा पनि छिर्‍यो कोरोना, नयाँ थपिएका २ जना नेपाली सेनामा कार्यरत

Corona aarmi

काठमाडौं । पहिलो पटक नेपाली सेनामा कार्यरत २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए । उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् ।

उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । उनीहरुको पद भने खुलाइएको छैन ।

उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको र काठमाडौं ल्याइसकेपछि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ ।

२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ । आज थपिएकाहरुमा महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दुईजना नयाँ संक्रमित थपिएको जानकारी गराए । संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

 

प्रतिकृया दिनुहोस