३० वर्षीया सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सिल

Dhulikhel hospital kavre

धुलिखेल । धुलिखेल अस्पतालमा उपचाररत सुत्केरीको शनिबार मृत्यु भएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको बिहीबार राति मृत्यु भएको हो ।

धुलिखेल अस्पतालमा कोरोना भाइरसको संक्रमणसँग सम्बन्धित लक्षण देखिएकी एक सुत्केरीको मृत्यु भएपछि अस्पतालमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेकी ३० वर्षीया सुत्केरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

ती महिला सिन्धुपाल्चोकको बाह्राविसे नगरपालिका वडा नं. ९ निवासी हुन् । त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर वैशाख २५ मा डिस्चार्ज भएकी उनी घर फर्किएपछि बिरामी परेकी थिइन् । उच्च ज्वरो आएर बिरामी परेपछि उनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणको आशंका गरिएकाले उनको मृत्युपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । ती महिलाको काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एकहप्ताअघि बच्चा जन्माएकी थिइन ।

घर फर्किएपछि कोरोना भाइरसको जस्तो लक्षण देखिएको र उनलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको थियो । अस्पतालमा भर्ना गरेर उपचार थालिएसँगै उनको मृत्यु भयो । कोरोनासँग मिल्दो लक्षण देखिएकाले अहिले अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेर स्वाब परीक्षण अघि बढाइएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस