उदयपुरका संक्रमित पत्रकारलाई उपचारका लागि विराटनगर लगियो

Reporter logo

काठमाडौं । कोरोना संक्रमित पुष्टि भएका उदयपुरमा एक जना पत्रकारलाई उपचारका लागि विराटनगर लगिएको छ ।

कोरोना संक्रमित क्षेत्र जिल्लाको त्रियुगा नगरपालिका –३ भुल्केको रिपोटिङ गर्दै आएका पत्रकारलाई शुक्रबार संक्रमित पुष्टि भएको थियो । सो दिन उदयपुरका ६० जना पत्रकारको स्वाव परिक्षण गरिँदा एक जना पत्रकारमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

उदयपुरको घाइघाटमा डेरा गरी बस्दै आएका पत्रकारलाई उपचारका लागि आज विहान ९ बजे विराटनगर लगिएको स्थानीय पत्रकारहरले बताएका छन् ।

प्रतिकृया दिनुहोस