दलित सेवा संघले पालिकाहरुलाई दियो चेक

Dang news

दाङ । दलित सेवा संघ दाङले जिल्लाका दुई वटा पालिकाले स्थापना गरेको कोरोना राहत कोषमा रकम सहयोग गरेको छ ।

संघको दाङ शाखाले दाङको तुलसीपुर नगरपालिका र बबई गाउँपालिकालाई १०र१० हजार रुपैयाँ सहयोग गरेको हो ।

कोरोनाको संक्रमणबाट जोगिन सहयोग पुग्छ भनेर संस्थाले बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र तुलसीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई चेक हतान्तरण गरेको संघकी दाङ अध्यक्ष लिला विश्वकर्माले बताइन् ।

उनले संघले जिल्लामा आपत परेकाहरुलाई सहयोग पनि गरिरहेको बताइन् ।

प्रतिकृया दिनुहोस