धनकुटाका पत्रकारलाई महासंघले दियो आर्थिक सहयोग

Fnj dkt help

धनकुटा । लकडाउनका कारण समस्यामा परेका धनकुटाका श्रमजिवी पत्रकारहरु र संचारगृहमा काम गर्ने श्रमिकहरुलाई नेपाल पत्रकार महासंघ धनकुटाले आर्थिक सहयोग गरेको छ ।

कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाइएको लकडाउनका कारण संकटमा परेका धनकुटाका श्रमजिवी पत्रकारहरुलाई र संचार गृहमा काम गर्ने श्रमिकहरुलाई महासंघले पत्रकार कल्याण कोषको रकमबाट तत्काल केही आर्थिक सहयोग गरेको हो ।

समस्यामा परेका धनकुटा २६ जना श्रमजिवी पत्रकारहरु र संचार गृहमा काम गर्ने श्रमिकहरुलाई पहिलो चरणमा २६ जना पत्रकारहरुलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो । बाँकी अन्य पत्रकारहरुलाई पनि दोस्रो चरणमा आर्थिक सहयोग उपलब्ध गराउने महासंघ धनकुटाका सचिव विदुर खवासले बताए ।

नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको संयोजकत्वमा भएको आर्थिक सहयोग अभियानमा महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, सचिव बिदुर खवास र सहसचिव हरीबहादुर लम्जेल लगायतको उपस्थितीमा आर्थिक सहयोग उपलब्त्र गराइएको थियो ।

नेपाल पत्रकार महासंघ धनकुटाले १० बर्षअघि स्थापना गरेको पत्रकार कल्याण कोषबाट आपत विपतमा परेका पत्रकारहरुलाई सहयोग गर्दै आएकोमा यो पटक कोरोना भाईरसलाई नियन्त्रण गर्न लगाएको लकडाउनका कारण समस्यमा परेका धनकुटाका श्रमजिवी पत्रकारहरुलाई सहयोग गरिएको महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस