सरकारको नीति तथा कार्यक्रममै पर्‍यो लिपुलेक र अतिक्रमित भुमी फिर्ता गर्ने मुद्दा

Bidhya vandari 2

काठमाडौं । अहिले सीमा विवादका कारण नेपाल र भारतबीच मतभेद बढिरहेको छ । यही बेला सरकारको नीति तथा कार्यक्रममै लिपुलेकको विषय समावेश भएको छ ।

भारतले नेपालको भुमी मिचेर सडन निर्माण गरेपछि भारतको विरोध चर्किरहेकै बेला नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा भारतले कब्जा गरेको भुमी फिर्ता गरिने उल्लेख गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम पेश गर्दै गर्दा ‘लिपुलेक हाम्रो हो’ भन्ने वित्तिकै सांसदहरुले ताली बजाएर राष्ट्रियताप्रतिको माया प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुतीको अन्तिम चरणमा लिपुलेक नेपालको भएको बताउने वित्तिकै सांसदहरुले ताली बजाउँदा राष्ट्रपति नै भावुक बनेकी थिइन् । उनले सांसदहरुले ताली बजाउञ्जेल भाषण नै रोकेकी थिइन् । राष्ट्रपति भण्डारीले अतिक्रमणमा परेका नेपाली भुमी कुटनीतिक तवर फिर्ता ल्याइने प्रतिवद्धता जनाइन् ।

प्रतिकृया दिनुहोस