सरकारको नयाँ कार्यक्रम : कोही भोकै पर्दैन, भोकले कोही मर्दैन

Bidhya vandari 2

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै पनि नेपाली गरिबीका कारण खान नपाउने अवस्था अन्त्य गर्ने उल्लेख गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो ।

नेपाललाई कोरोना भाइरसको महामारी मुक्त देश बनाउने पहिलो प्राथमिकतामासहित सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने भएको छ । सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गरिन् ।

नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराइने भएको छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उक्त कार्यक्रमका लागि सरकारले चालु आवमा सञ्चालित कार्यक्रमलाई पूर्नसंरचना गरेर कार्यक्रम क्षेत्र बिस्तार गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रतिकृया दिनुहोस