भक्तपुरमा घरभित्र ३ जनाको शव भेटियो

Ddd555

काठमाडौँ । भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो । शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेका हो ।

साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रातोपाटीलाई जानकारी दिए । भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा तीन जनाको शव गन्हाएको अवस्थामा भेटिएको एसएसपी थापाले पुष्टि गरे ।

उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस