भाइहरूको कुटाइबाट दिदीको ज्यान गयो

विराटनगर । मोर्ंगको कानेपोखरी गाँउपालिकामा दुई जना भाइको कुटाईबाट दिदीको मृत्यु भएको छ । जग्गाको निहँमा भएको विवाद बढेपछि दुई दाजुभाइले दिदीलाई कुटपिट गरेको थिए कुटपिटबाट कानेपोखरी १ होक्लाबारीको ५५ वर्षीय सीता सोरेनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सीतालाई आफ्नै भाईहरू वीरेन्द्र किस्कु र विजय किस्कुले कुटपिट गरेका थिए । कुटपिटका कारण गम्भीर घाइते हुनुभएकी सीताको विराटनगरस्थित विराट नर्सि¨ होममा उपचार भइरहेको थियो । उपचारको क्रममा शुक्रबार राति १० बजे उनको मृत्यु भएको हो ।
प्रतिकृया दिनुहोस