नक्कली धन्धा : सक्कली उत्तर पुस्तिकामा नक्कली थप

Parixya niyantran karyalaya

काठमाडौं । नक्कली उत्तरपुस्तिका लेखाएर पास गराउने अनियमिततामा गिरोह नै लागेको पाइएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनसमेत गरिरहेको छ  ।

परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ । केही महिनाअघि पनिकाका लेखा अधिकृत कमल दाहालको कार्यकक्ष परिवर्तन हुँदा मात्रै घुस खाएर विद्यार्थी पास गराउने गरिएको रहस्य खुलेको हो ।

दाहालले घुस खाएर परीक्षा पास गराइएका उदयपुरका दुई छात्राका सक्कली उत्तरपुस्तिका भने टेबुलको घर्रामा भेटिएको थियो । उनको यो बदमासी भेटिएपछि गत भदौमा अख्तियारमा उजुरी परेको थियो । अख्तियारले पनिकामा छापा मार्दा कार्यालयको गोप्य शाखाबाट दुवै छात्राको उत्तरपुस्तिका बरामद गरेको थियो ।

उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएको पाइएको छ । यो घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

त्रियुगा क्याम्पसकै प्रशासन सहायक चौधरीको ‘सेटिङ’ मा दुवै विद्यार्थीलाई उत्तीर्ण गराइएको थियो । पनिकाका लेखा अधिकृत कमल दाहालसँग चौधरकिो निकट सम्बन्ध थियो । दाहालले योजनामा साथ दिने विश्वास चौधरीलाई दिए । त्यसपछि चौधरीले दुवै छात्रालाई आफ्नै घरमा बोलाएर सक्कली प्रश्नपत्रअनुसार नयाँ उत्तरपुस्तिकामा उत्तर लेख्न लगाएर उत्तिर्ण गरिएको पाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...