कम्युनिष्ट र काँग्रेसबीच नयाँ टकवार, यसरी गर्दै छन् एकअर्का नेताको भण्डाफोर

Nc president deuba warns to the prime minister kp sharma oli

काठमाडौं । नेपाली राजनीतिमा कम्युनिष्ट र काँग्रेसबीच नयाँ टकवार देखिएको छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महराबाट शुरु भएको भण्डाफोरले नयाँ गति लिन थालेको छ । महरालाई हिरासतमा पुर्याउन काँग्रेस नेताहरु दबाब सृजना गर्न सक्रिय भए । जसका कारण महराले राजीनामा मात्र दिएनन् प्रहरीले नियन्त्रणमा लियो ।

महरा हिरासतमा पुगेको केही दिनमै नेपाली काँग्रेसका सांसद मोहमद अफताब आलम प्रहरी नियन्त्रणमा परे । १२ वर्ष अघि ईंट्टाभट्टामा जिउँदै हालिएकाको अभियोगमा उनीमाथि कारबाही अगाडि बढ्यो । आलमपछि काँग्रेस सांसद देवेन्द्रराज कँडेलको दोहोरो नागरिकताको विषय चर्चामा आयो । यसको भण्डाफोरमा कम्युनिष्ट नेताहरु भित्री रुपमा लागे ।

आफ्ना नेताहरुको भण्डाफोर र धमाधम हिरासतमा लिन थालेपछि काँग्रेस पनि भण्डफोरमा लागेको छ । उसले निर्मला हत्याकाण्डमा हाइप्रोफाइल संलग्न रहेको आरोप लगाउँदै डिएनए टेष्टको माग गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले गृहमन्त्री रामबहादुर बादलका छोराको डिएनए टेष्टको माग गरे । यसले अब काँग्रेस र कम्युनिष्ट नेताहरु छठपछि झन् भण्डाफोरमा लाग्ने संकेत देखिएको छ । दुवै पार्टीबीच नयाँ ढंगले टकराव बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...