यौनहिंसा गरेको आरोपमा विप्लवका कार्यकर्ता पार्टीबाट निष्कासन

Netrabirkamsexy

लम्की – नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीले यौनहिंसा गरेको आरोपमा आफ्ना एक कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा कैलालीका जिल्ला सेक्रेटरी करणले मङ्गलबार विज्ञप्ति जारी गर्दै कैलालीको लम्कीचुहा नगरपालिकाका नगर इन्चार्जलाई कारबाही गरिएको जानकारी गराएका हुन् ।

करणको विज्ञप्तिमा पार्टी नीति, नियम र आचारसंहिताविपरीत नगर इन्चार्जले परिवारमा हिंसा पैदा गर्ने अराजक कार्य गरेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको बताएका छन् । यौनहिंसा गर्ने र पार्टीले कारबाही गरेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

पार्टी आचारसंहिता र नितिविरुद्द अराजकता मच्चाएको आरोपमा उनलाई कार्वाही गरिएको हो। पार्टीले आचारसंहिताविरुद्ध काम गर्ने कार्यकर्ताको शुद्धिकरण समेत गर्दै आईरहेको छ।

प्रतिकृया दिनुहोस