त्रिशूलीमा खसेको बसमा सर्लाहीबाट २८ जनाको टिकटमा ४२ यात्रु चढेको भेटियो

सर्लाही । शुक्रबार बिहान धादिङमा त्रिशूली नदीमा खसेको ना ६ ख ७४६९ नम्बरको न्यू सृष्टि डिलक्समा सर्लाहीबाट ४२ जना चढेको र चालक दलका तीन सदस्यसहित जम्मा ४५ जना रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटना भएको बस बिहीबार बेलुका सवा ६ बजे सर्लाहीको मलंगवाबाट काठमाण्डौका लागि छुट्दा त्यसमा रहेको यात्रुको संख्या ४२ देखिए पनि टिकट भने जम्मा २८ ओटामात्र काटेको भेटिएको छ । एउटै टिकटमा ३ जनासम्मले यात्रा गरेकाले टिकटमा नाम थर खुलेका बाहेक बाँकी यात्रुको परियच खुलाउन समस्या परेको सर्लाही प्रहरीले  जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका दुईजनाको परिचय खुलेको छ । सर्लाहीको मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूलीमा खस्दा ज्यान गुमाएका सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको परिचय खुलेको र एक पुरुषको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म १६ जनाको उद्धार गरी ९ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको  र सात जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...