१८ घण्टामा अर्काे बम डिस्पोज गरेपछि उठ्यो चार जनाको शव

Rolpa bomb

रोल्पा । बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको बम विष्फोटमा परी मृत्यु भएका चार जनाको शव १८ घण्टापछि उठाइएको छ ।

बिहीबार त्रिवेणी–४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ५ वर्षीय विजय खत्री, उनकी दिदी ११ वर्षीया विमला खत्री, १३ वर्षीय नोकिराम डाँगी र ११ वर्षीय गौरव नेपालीको मृत्यु भएको थियो ।

बम विस्फोट भएको घटनास्थल नजिकै अर्को बमसमेत फेला पारेपछि चार जनाकै शव उठाउन सेनाको बम डिस्पोजल टोली नआउँदासम्म शव उठाउन रोक लगाइएको थियो ।

शुक्रबार विहान रोल्पा सदरमुकाम लिवाङबाट नेपाली सेनाको बम डिस्पोजको टोलीले साँढे १२ बजेतिर अर्को बम डिस्पोज गरेपछि मृतक चार जनाकै शव उठाइएको हो । उनीहरुको शवलाई पोष्ट मार्टम्सका लागि दाङको सदरमुकाम घोराही पठाइएको एलाका प्रहरी कार्यालय होलेरीका इनिस्पेक्टर मेघराज चापागाइँले बताए ।

जिल्ला प्रहरी कार्यालय लिवाङ, जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी विहिवार साँझ नै घटनास्थल पुगेका थिए । विस्फोटको ठूलो आवाज आएपछि गाउँले पनि घटनास्थल पुगेका थिए ।

युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । एकै गाउँका बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्तमा शोकमा डुबेका छन् । गाउँमा त्रास फैलिएको छ ।

सशस्त्र द्वन्द्वको अवधिमा उक्त गाउँमाथिको दुम्लामा तत्कालीन माओवादी लडाकु र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भएको थियो । त्यसबेला थुप्रैको हताहती भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...