मिङ्मा दोर्ची शेर्पाले बनाए अर्काे नयाँ किर्तिमान

काठमाडौं । मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । संखुवासभाको मकालुमा जन्मिएका ३२ वर्षीय शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर नयाँ किर्तिमान कायम गरेका हुन् ।

यसअघि निर्मल पुर्जाले दुबै हिमाल १० घण्टा १५ मिनेटमा आरोहण गरी किर्तिमान कायम गरेका थिए । पुर्जाको सो किर्तिमानलाइृ तोड्दै शेर्पाले अर्काे नायँ किर्तिमान बनाएका हुन् र 

उनले पाँचौं अग्लो हिमाल मकालुसहित तीनओटा हिमालको ५४ घन्टा २५ मिनटमा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । उनले ल्होत्से, मनास्लु, आमादब्लम, मकालु, केटु र धौलागिरीसमेत गरी २० पटक हिमालको सफल आरोहण गरिसकेका छन् । 

मंगलबार पायोनियर एड्भेन्चरले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा शेर्पाले चौथो अग्लो हिमाल ल्होत्सेको पनि छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेको जानकारी दिइयो । शेर्पाले सात महादेशका ८ हजारभन्दा माथिका सबै हिमाल आरोहण गर्ने जनाएका छन् । हिमाल आरोहणमार्फत् नेपाललाई विश्वसामु चिनाउने उनले बताए ।

उनले पछिल्लो समयमा हिमालमा फोहरमैला बढ्दै गएको भन्दै हिमाल बचाउने अभियानमा सक्रिय हुने बताए । ट्रेकिङ गाइडमार्फत् हिमाल आरोहणमा प्रवेश गरेका शेर्पाले चाँडै अरु हिमाल आरोहण गरेर थप कीर्तिमान कायम गर्ने बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...